• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चितवनमा रास्वपा विस्तारित बैठक: ५ नेताले दिए सुझावसहितको प्रतिवेदन

    293
    SHARES

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको सौराहामा जारी विस्तारित बैठकमा पाँच जना सदस्यले सुझावसहितको प्रतिवेदन पेस गरेका छन्। बैठकमा विभिन्न तहका नेताहरूले आ-आफ्नो लिखित दस्ताबेज तथा प्रतिवेदन दर्ता गराएका हुन्।

    केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले सबैभन्दा लामो २० पृष्ठको सुझावसहितको प्रतिवेदन दर्ता गराएका छन्। यस्तै, केन्द्रीय सदस्यहरू डा. बुद्धि शर्मा र मधु अर्यालले तीन-तीन पृष्ठको दस्ताबेजसहितको प्रस्ताव दर्ता गराएका छन्।

    त्यस्तै, केन्द्रीय सदस्य डा. तोशिमा कार्कीले पनि तीन पृष्ठको दस्ताबेज पेस गरेकी छिन् भने रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुसालले एक पृष्ठको दस्ताबेज दर्ता गराएका छन्।

    अर्का सदस्य प्रमोद न्यौपानेले ‘संगठनात्मक सुझाव’ शीर्षकमा दस्ताबेज पेस गरे पनि उनी विस्तारित बैठकमा प्रतिनिधि नभएकाले उनको सुझावलाई केन्द्रीय समितिले ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ