• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय राजनीति समाचार

    इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी

    220
    SHARES

    काठमाडौं । टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो ।

    टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

    इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको उल्लेख छ । तर, पूरै सूची भने जारी गरिएको छैन ।

    बीबीसीका अनुसार वारेन्ट जारी हुनेमा इजरायलका प्रधानमन्त्री नेतान्याहुसहित रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश छ ।

    टर्कियेले उनीहरूमाथि ‘जनसंहार र मानवताविरूद्ध अपराध’ गरेको आरोप लगाएको छ । टर्कियेले भनेको छ- इजरायलले गाजामा ‘व्यवस्थित तरिकाले जनसंहार’ गरेको छ ।

    टर्कियेको पछिल्लो कदमको इजरायलले विरोध गरेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कियेले लगाएको आरोपको निन्दा गर्दै खारेज गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ