• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    एभरेस्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

    193
    SHARES

    काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार बैंकले सो अवधिमा १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानीमा वृद्धि मुख्य कारण बनेको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब १३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

    तर, लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) भने अलि बढेको छ। गत वर्ष १० करोड रुपैयाँ रहेको यो रकम अहिले ४२ करोड रुपैयाँ पुगेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी (EPS) पनि सुधार भएको छ। गत वर्षको पहिलो त्रैमासमा ३४.८५ रुपैयाँ रहेको ईपीएस अहिले बढेर ३६.४४ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ रहेको छ।

    असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको उल्लेख गरिएको छ। त्यस्तै, बैंकको निष्क्रिय कर्जा (NPL) सामान्य घटेर ०.७७ प्रतिशतबाट ०.७४ प्रतिशतमा झरेको छ।

    त्यसैगरी, बैंकको आधार दर (Base Rate) गत वर्षको ६.५८ प्रतिशतबाट घटेर अहिले ४.८६ प्रतिशत पुगेको छ, जसले कर्जा दरमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ