• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    125
    SHARES

    धनगढी । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश–०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
    प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार
    थालारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको हो।

    ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्।
    उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ