• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    सुनचाँदीको मूल्य बढ्यो

    396
    SHARES

    काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ, जो अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो।

    बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
    यसअघि असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँमा रहेको चाँदी आज ३०१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ