• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अध्यक्ष ओलीको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई

    205
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीमा योगदान गरेका तर हाल पार्टी बाहिर रहेका नेताहरूप्रति अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई स्वागतयोग्य र समय सान्दर्भिक बताएका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्,

    “नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।” उनका अनुसार जनताको बहुदलीय जनवाद (जवज)को मार्गदर्शनमा एमालेको अग्रसरतामा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।

    भट्टराईले पार्टीभित्र सहकार्य, सहअस्तित्व र एकताको भावना आवश्यक रहेको उल्लेख गर्दै थपे, “जवजको सिद्धान्त ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण’मा विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा (एमाले)लाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।”

    अध्यक्ष ओलीले हालै पार्टीमा विगतमा योगदान दिएर विभिन्न कारणले बाहिरिएका नेताहरूलाई पुनः एमालेमा फर्किन सार्वजनिक रूपमा आग्रह गरेका थिए। ओलीको उक्त अपिलपछि पार्टीभित्र र बाहिर दुबै स्थानमा सकारात्मक प्रतिक्रिया देखिएको छ।

    भट्टराईको भनाइले एमाले नेतृत्वले एकता, पुनर्मिलन र संगठन सुदृढीकरणको नयाँ सन्देश दिन खोजेको संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ