• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

    531
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकी व्यक्ति सूर्यविनायक नगरपालिका–८, दार्जेलिङ हाइटमा बस्ने ५० वर्षीया कल्पना तामाङ हुन्।

    रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङ केही समयदेखि फरार रहेको र उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    हाल तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि अदालतले जारी गरेको बैंकिङ कसुरसम्बन्धी फैसला कार्यान्वयनका क्रममा कानुनी प्रक्रिया अघि बढाइँदैछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ