• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

    176
    SHARES

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरी चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ निवासी ४४ वर्षीय किरण लामा हुन्। लामा हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, बाडभन्ज्याङमा बस्दै आएका थिए।

    उनीमाथि जेनजी आन्दोलनका क्रममा प्रहरी चेकपोस्टमा आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोप लागेको छ। फोटो र भिडियोको आधारमा पहिचान गरी लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। हाल उनलाई प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रहरीले आन्दोलनका क्रममा हिंसा र तोडफोडमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको र प्रमाणका आधारमा क्रमशः कानुनी कारबाही अघि बढाइने जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ