• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी आन्दोलनमा फरार कैदी भक्तपुरमा पक्राउ

    510
    SHARES

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। गत २४ भदौमा कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु)लाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरिएको हो।

    रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेतमाथि लागुऔषध मुद्दामा अदालतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनी कैदको करिब ६ महिना बाँकी रहँदा जेनजी आन्दोलनका बीच कारागारबाट भागेका थिए।प्रहरी सहायक निरीक्षक भैरव रावलको कमान्डमा खटिएको टोलीले बस्नेतलाई पक्राउ गरी अहिले प्रहरी वृत्त जगातीमा राखेको जनाएको छ।

    प्रहरीका अनुसार फरार कैदी बस्नेतलाई पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ