• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४१ रुपैयाँ पुग्यो

    201
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ।

    यस्तै, युरोपेली युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
    पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा तोकिएको छ।

    एशियाली मुद्रामा चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, र भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    अन्य देशका मुद्राहरू पनि सामान्य दायरामै रहेकाले आज विदेशी विनिमय बजारमा ठूलो उतारचढाव अपेक्षित छैन। राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला पनि संशोधन गर्न सकिनेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ