• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

    159
    SHARES

    काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। विभागले पोस्ट–मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दुई दिन मौसम प्रभावित हुने जानकारी दिएको हो।

    पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको बताइएको छ। बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ।

    त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। विशेष गरी केही स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी पनि विभागले दिएको छ।

    विभागले भनेको छ कि सम्भावित वर्षा र हिमपातले दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्छ। त्यसैले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ