• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेन-जी आन्दोलनमा नवलपरासीबाट फरार कैदी पाल्पामा पक्राउ

    171
    SHARES

    बुटवल। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते नवलपरासी कारागारबाट फरार भएका कैदीबन्दी पाल्पामा पक्राउ परेका छन्। कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका, कास्की पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय श्याम (समीर) गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। फरार रहेका गुरुङ ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा बसेका थिए। प्रहरीले उनलाई पुनः कारागार कार्यालय नवलपरासी पठाइएको जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ