• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाक्लो हिमपातपछि लिमी प्रहरी चौकी सिमकोट सारियो

    216
    SHARES

    सिमकोट (हुम्ला) । अत्यधिक चिसो र बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानीलाई अस्थायी रूपमा सदरमुकाम सिमकोट सारिएको छ।

    उच्च हिमाली भेगमा चिसो अत्यधिक बढ्दै गएपछि र तापक्रम माइनसमा झरेपछि छ महिनाका लागि चौकी सिमकोट स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। गत असोज २४ र २५ गते परेको बाक्लो हिमपातपछि सुरक्षाकर्मीहरू कार्य गर्न असमर्थ भएपछि उनीहरू सिमकोट फर्किएका हुन्।

    प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार, चिसो असह्य भएपछि सुरक्षाकर्मीलाई सदरमुकाम फिर्ता बोलाइएको हो। चौकीमा २३ जनाको दरबन्दी रहे पनि हाल प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ जना मात्र कार्यरत थिए।

    नायब निरीक्षक चन्दले बाक्लो हिमपातका कारण चिसो असह्य बनेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर चौकी स्थानान्तरण गरिएको बताए। उनका अनुसार धाराको पानी जम्ने, तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झर्ने र आवतजावत अत्यन्त कठिन भएपछि सिमकोट सरिने निर्णय गरिएको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ