• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कञ्चनपुर र दाङमा जुवातास खेल्दै २० जना पक्राउ

    236
    SHARES

    काठमाडौं। कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ पिपरैयास्थित पसलमा जुवा खेलिरहेको अवस्थामा सुरेन्द्र बोहरा सहित ११ जना पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त–१३ बस्ने ३५ वर्षीय सुरेन्द्रको पसलमा छापा मार्दा नगद ५४ हजार ४ सय ९१ रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ।

    त्यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ का ३६ वर्षीय प्रेमप्रकाश वलीसहित ९ जना पक्राउ परेका छन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५ रुपैयाँ र २ बुक तास सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ