• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    महालक्ष्मी विकास बैंकको पौने ३ करोड रकम हिनामिना, शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ

    703
    SHARES

    काठमाडौँ । महालक्ष्मी विकास बैंकको शाखा कार्यालय गोकुलेश्वरको झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्।

    महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही, कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त, नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउद र ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त साउन २४ गते पक्राउ परेका हुन्।

    दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार ‘बैंकिङ कसुर सम्बन्धी मुद्दा’ मा थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट पहिलो चरणमा सात दिनको म्याद प्राप्त भइसकेको छ।

    महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले चार जनाले मिलेर बैंकको ‘सञ्चिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा तत्कालीन शाखा प्रबन्धक शाहीसहित चार जनालाई साउन २४ गते पक्राउ गरेको थियो।

    तत्कालीन शाखा प्रबन्धक शाही सहितका कर्मचारीले बैंकको (भल्टमा राखिएको) इन्स्योरेन्स लगायतको निश्चित सञ्चिती रकम हिनामिनाको आशंकामा बैंकको केन्द्र र प्रदेश कार्यालयका प्रमुख सहितको टोलीले साउन २३ गते अनुगमन तथा निरीक्षण गरेको थियो।

    त्यस क्रममा बैंकका पदाधिकारीले सोही दिन नै भल्टमा रहनु पर्ने निश्चित सञ्चिती रकम फेला पार्न सकेका थिएनन्।

    बैंकका केन्द्र र प्रदेशबाट अनुगमनमा गएको टोलीले त्यसपछि सोही दिन नै तत्कालीन शाखा प्रबन्धक शाहीसहित प्रारम्भिक अनुसन्धानबाट रकम हिनामिना प्रकरणमा संलग्नता खुलेपछि चार जना कर्मचारीलाई निलम्बित गरेको थियो।

    पक्राउ परेका तत्कालीन शाखा प्रमुख शाहीसहित चार जनालाई तत्काल प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गर्ने गरी अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ