• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    गाजामा प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषित

    279
    SHARES

    गाजा ।  गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ।

    बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्।

    यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी सङ्गठनले त्यहाँको अवस्थाको बारे चिन्ता व्यक्त गरेका थिए।

    इजरायलमा राहत वितरणमा रोक लगाएको इजरायलले भने यसको दोष हमासलाई नै लगाएको छ। लाजारानीले भोकमरीका कारण १०० जना भन्दा बढीको ज्यान गइसकेको बताए।

    उनले अहिले नै तत्काल केही उपाय नलगाएमा धेरै जना बाल बालिकाको ज्यान जाने जोखिम बढेको उनीहरुको भनाइ छ। बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि गाजामा धेरै जना भोकमरीको समस्यामा परेको भन्दै विज्ञप्ति जारी गरेको थियो। डब्लुएचओले मान्छेले नै यत्ति ठुलो संकट निम्त्याउनुलाई दुभाग्यपूर्ण भनेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ