• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

    73
    SHARES

    काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो।

    ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

    हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

    ‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ’, गभर्नर ओरलोभले भनेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ