काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर–६ स्थित गुप्तेश्वरमा युवतीमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट २७ वर्षीया एसिला सुनुवार घाइते भएकी छन् । बिहीबार उनलाई ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् ।
एलिसाको बायाँ हात पछाडिको पातामा चोट लागेको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहारमा संलग्न रजिन सुनुवारलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया