• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इनरुवामा घरभित्रै मृत भेटिए दम्पत्ति, घटना शंकास्पद

    60
    SHARES

    विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् ।

    आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

    सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।

    सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ ।

    घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए । आइतबार बिहान करिब ९बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ