• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी

    397
    SHARES

    काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् ।

    उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणालगायतका नेता अहिले आयोगसँग छलफलमा छन्।

    संस्थापनइतर समूहको शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो। उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।

    केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

    यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ