• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा कार्यदल पुनर्गठन

    213
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ ।

    सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमत पार्टीका चन्दन सिंह र सम्भु साह, र राष्ट्रिय लोकतान्त्रिक समाजवादी पार्टी (रालोसपा) की रमिता प्रधान छन्।

    विपक्षी दलहरूमध्ये जसपा नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, माओवादी केन्द्रका जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा, र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह सदस्य छन्।

    शनिबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले उक्त १४ सदस्यीय कार्यदल गठनको जानकारी दिएका थिए। यससँगै विपक्षी दलहरूले गरिरहेको सदन अवरोध हटेको छ।

    यसअघि बिहीबार सभामुख मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो। तर, सो कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएको भन्दै विपक्षी दलहरूले अस्वीकार गरेपछि सदन अवरुद्ध भएको थियो।

    शनिबारको बैठकमा सभामुख मण्डलले संयोजक पदबाट राजीनामा घोषणा गरेपछि १० मिनेट स्थगित भएको बैठकपछिको सर्वदलीय छलफलमा उपसभामुखको नेतृत्वमा कार्यदल गठन गर्ने सहमति जुटेको हो।

    सभामुख मण्डलले अघिल्लो बैठकमा “मन्त्री कार्यदलमा नरहने भए पनि सरकार अल्पमतमा नपर्ने” भनाइ राखेका थिए। तर, यो अभिव्यक्तिप्रति पूर्वसभामुख तथा पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले आपत्ति जनाएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ