• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    आज माओवादी र बहुमतसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

    388
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

    संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।

    इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत), नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

    प्रदर्शन गर्ने पार्टीहरु नेकपा (माओवादी केन्द्र),  नेकपा (एकीकृत समाजवादी), रास्ट्रीय जनमोर्चा, नेपाल, नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल, नेकपा, नेकपा (बहुमत), नेपाल समाजवादी पार्टी, जसपा, देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियान रहेका छन्

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ