• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभर मनसुनी प्रभाव सक्रिय, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

    290
    SHARES

    देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय छ, जसको प्रभावले अधिकांश भूभागमा मौसम बदली भइरहेको छ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ।

    त्यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका एक–दुई उच्च पहाडी स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। साथै यी चारवटै प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी, खोलानालामा पानीको बहाव वृद्धि, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ