• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    नेपालले लगातार दोस्रोपटक जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

    47
    SHARES

    काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधि लगातार दोस्रोपटक आफ्नो नाममा पार्न सफल भएको छ।

    मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो। अघिल्लो संस्करणमा नेपालले मलेसियालाई हराएर यो उपाधि जितेको थियो।

    सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि सुरुवात भने असहज रह्यो।

    परिमर्जन यादवले ९ बलमा १३ रन (३ चौका) बनाएर केही आक्रामक शुरुवात गरे पनि दोस्रो ओभरमै आउट भए। त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईंले इनिङ्स सम्हाल्दै दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे। बजगाईंले १३ बलमा २० रन (२ चौका, १ छक्का) बनाएर छैटौँ ओभरमा आउट भए।

    रन बनाउने क्रममा प्रतियोगिताका सर्वाधिक रन स्कोरर रौनक श्रीवास्तव पहिलो बलमै आउट भए भने प्रसिद्ध जैसीले १७ रन (२ चौका) बनाएर आउट भए। सुगम बुढाथोकी १ रनमै पवेलियन फर्किए।

    शुभम खनाल र जोय थापाले इनिङ्सलाई फेरि गति दिन खोजे। खनालले १८ रन (३ चौका) बनाएर आउट भए भने त्यसपछि सचिन भट्ट (१ रन) र कप्तान विपिन प्रसाद शर्मा शून्यमा आउट भए।

    तर जोय थापाले अन्तिमसम्म टिकेर ५३ बलमा २४ रन (३ चौका) बनाए र नेपाललाई जितको किनारमा पुर्‍याए। अभय यादवले १२ बलमा १० रन (१ छक्का) बनाउँदै महत्त्वपूर्ण साथ दिए।

    सिंगापुरका लागि कपिस वेंकटरामनले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। युवान पाण्डेले २ विकेट हात पारे भने वेदान्स गुप्ता र आकाश तेजाले १-१ विकेट लिए।

    टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। टिमका लागि ओपनर तथा विकेटकिपर रोहन अस्टिन अरुनले सबैभन्दा बढी २३ रन (८४ बल, २ चौका) बनाए। कप्तान रियान नाइकले १५ रन (३ चौका), वेदान्स गुप्ता (१२), आकाश तेजा (१०) र अन्य खेलाडीहरूले सानो योगदान मात्र गरे।

    नेपालका लागि बलिङमा सुशील बहादुर रावल र अभय यादवले समान ३–३ विकेट लिए। शुभम खनालले २ विकेट र कप्तान विपिन शर्माले १ विकेट हात पारे।

    नेपालले प्रतियोगिताभर अपराजित यात्रा गर्दै उपाधि जितेको हो। समूह ‘ए’ बाट नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो भने सिंगापुर उपविजेता बनेर अगाडि बढेको थियो। नेपालले समूह चरणमा पनि सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ