• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

    691
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु देश र जनताप्रतिको घोर अपराध भएको बताएका छन् ।

    कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रतिको अपमान भएको उल्लेख गरेका छन् ।

    उनले यस प्रकरणमा जोडिएका जोसुकैलाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

    कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्न नसक्ने बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ