• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

    137
    SHARES

    काठमाडौं। काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन् ।

    थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् ।

    प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ