• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बोलाइयो

    624
    SHARES

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार अहिले नतिजा तयारीको अन्तिम काम भइरहेको छ।

    उनले नतिजा सार्वजनिक गर्नका लागि आज परीक्षा बोर्डको बैठक बस्ने सम्भावना रहेको जानकारी दिए। “हामी नतिजाको अन्तिम तयारीमा छौं, तर प्रकाशित गर्ने निर्णय भने बोर्ड बैठकबाट नै गर्नुपर्ने हुन्छ,” भट्टराईले भने, “आजै बोर्ड बैठक बस्ने सम्भावना छ।”

    यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि आज बैठक बस्ने तयारी भए पनि यसको ठोस समय तय भइनसकेको बताए।

    २०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। उक्त परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना विद्यार्थी सहभागी भएका थिए। कुल सहभागी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ