• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इरानको आक्रमणपछि सतर्क रहन नेपाली दूतावास कतारको आग्रह

    1K
    SHARES

    दोहा, कतार । इरानबाट कतारमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल आक्रमण भएको घटनापछि कतारस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

    दूतावासले सोमबार राति सार्वजनिक सन्देश जारी गर्दै नेपाली नागरिकहरूलाई हालको संवेदनशील परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा आफ्नै स्थानमा बस्न अनुरोध गरेको हो। साथै, दूतावासले कतार सरकारबाट जारी हुने आधिकारिक सूचना र निर्देशनहरू पालना गर्न पनि आग्रह गरेको छ।

    दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै शान्तिपूर्वक बस्न अनुरोध गरिन्छ। कृपया कतार सरकारद्वारा जारी आधिकारिक सूचनाहरूको पालना गर्नुहोस्।”

    दूतावासले आफू नेपाली नागरिकहरूसँग सधैं सम्पर्कमा रहने प्रतिबद्धता जनाउँदै आवश्यक परेमा सिधा सम्पर्क गर्न सकिने जानकारी पनि दिएको छ। कतारमा करिब ४ लाख नेपाली नागरिक विभिन्न पेशा र क्षेत्रमा कार्यरत छन्। हालको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै उनीहरूको सुरक्षालाई प्राथमिकता दिन दूतावासले सावधानी अपनाउन आग्रह गरेको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ