• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेले जारी गर्‍यो ह्विप

    638
    SHARES

    काठमाडौँ । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ ।

    सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ । सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमालेले सांसदहरूलाई ह्विप लगाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    ‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको ह्विपमा भनिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ