• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    इजरायलद्वारा इरानमाथि हमला, रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी मारिए

    533
    SHARES

    तेल अभिभ । इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो।

    ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्।

    इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्।

    उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्।

    ‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ।

    रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी मारिए

    इजरायली आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्। शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो।

    इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।

    उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।

    इजरायलले नटान्ज आणविक केन्द्रलाई पनि लक्षित गरी हवाई आक्रमण गरेको इरानको आरोप छ। हाल इरानको राजधानी तेहरानमा अवस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

    इजरायलले इरानी राष्ट्रपति पेजेस्कियान र सर्वोच्च नेता खामेनीलाई पनि लक्षित गरेको भन्ने कुराको अहिलेसम्म पुष्टि भइसकेको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ