• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची

    0.9K
    SHARES

    काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा आज बैठक बस्दैछ। आजको बैठकमा तीन महत्वपूर्ण विधेयकमाथि छलफल र समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची तय भएको छ।

    बैठकमा पहिलो चरणमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा पेश गरिनेछ।

    त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित छलफल प्रारम्भ गर्न प्रस्ताव पेश गर्नेछन्। छलफलपश्चात विधेयक पारित गर्ने सम्भावना पनि रहेको छ।

    संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको बैठक विधेयकहरूको प्रक्रियागत अगाडि बढाइमा केन्द्रित हुनेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ