• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    आफ्ना मुद्दाहरू छाडेर जसपा सरकारमा जान्छ जस्तो लाग्दैन: प्रचण्ड

    431
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपाल आफ्ना मुद्दाहरू छाडेर सरकारमा जान्छ जस्तो नलागेको बताएका हुन्।

    जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले जसपाले आफ्ना मुद्दा र अडान कायमै राखेका खण्डमा राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत नहुने बताए।

    ‘विधि प्रक्रियासम्बन्धी विययमा अहिलेसम्म उहाँहरू अडिनुभएको छ, आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन,’ उपेन्द्र यादवप्रति लक्ष्य गर्दै दाहालले भने, ‘हुन त निर्णय उहाँहरूले गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला। यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

    राष्ट्रिय सभामा सरकारले ६ वटा अध्यादेश दर्ता गरेको छ। यहाँ कांग्रेस-एमाले-लोसपाको गरी २८ सांसद छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ। त्यसका लागि ३ सांसद भएको जसपा नेपाल निर्णायक छ।

    अध्यक्ष प्रचण्डले गलत नियतका साथ सरकारले अध्यादेशहरू ल्याएको पनि दाबी गरेका छन्। त्यसैले अध्यादेश सदनमा रोकिएर बसेको उनको भनाइ छ।

    गत माघ १८ गते सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश दर्ता गरेको थियो। सदन बोलाउने बेला अध्यादेश ल्याएको र भूमिलगायत अध्यादेशका अन्तरवस्तु गलत रहेको प्रचण्डको भनाइ छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ