• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो

    194
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

    आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् ।

    मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ बजे सार्वजनिक गर्नेछ ।

    यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको मौसमविद पौडेलले बताइन् ।

    आज राति पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ