• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    750
    SHARES

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ३ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

    आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

    त्यसैगरी अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ