• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंलाई जोड्ने बलम्बु-सिस्नेखोला सुरूङमार्गमा ‘फ्लाइओभर’को काम जारी

    775
    SHARES

    काठमाडौँ ।  संघीय राजधानी सहर काठमाडौंलाई जोड्ने बलम्बु-सिस्नेखोला सुरूङमार्गमा ‘फ्लाइओभर’को काम निरन्तरर भइरहेको छ ।

    त्रिभुवन राजपथसँग जोड्ने गरी बलम्बुमा बनाइएको ‘फ्लाइओभर’ निर्माणको कामले तीव्रता पाएको  छ ।

    राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले ‘फ्लाइओभर’ निर्माण गरिएको हो ।

    अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी निर्माण भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए हुन् ।

    यो ‘फ्लाइओभर’को लम्बाइ एक सय २८ मिटर र चौडाइ ७ मिटरको हुनेछ। बलम्बुको ‘फ्लाइओभर’ र नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउन अझै एक वर्ष  समय लाग्न सक्छ ।

    प्रतिक्रिया