• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    गन्डक नहर जिर्ण भएपछि सिँचाइमा समस्या

    623
    SHARES

    काठमाडाैँ । भारत सरकारको सहयोगमा करिब  ५० वर्ष  अघि  निर्माण भएकाे  गण्डक नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या  देखिएकाे छ । कृषि उत्पादन बढाउने र स्थानीय कृषकको जीवनस्तर उकास्ने उद्देश्यले नारायणी नदीमा ब्यारेज निर्माण गरेर नहर प्रणालीको विकास गरिएको हो ।

    ५ दसक  पुरानो नहरको अधिकांश कल्भडहरु जीर्ण भएका छन् भने सहायक नहरहरू मासिएका छन् । जीर्ण कल्भड र ठाउँ ठाउँमा भत्किएको नहरहरूका कारण किसानको खेतसम्म सिँचाइ सुविधा पुर्याउन समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

    भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको गण्डक नहर सन् १९७५-०७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण भएको हो । हस्तान्तरण भएदेखि हालसम्म सामान्य मर्मत सम्भार बाहेक नहरमा खासै ठुलो लगानी भएको छैन ।

    पर्साको जगन्नाथपुरदेखि रौतहटसम्म नहरको कुल लम्बाई ८१ किलोमिटर छ । नारायणी सिँचाइ कार्यालयका प्रमुख मनोरञ्जन सिंहले नहर पुरानो भएकोले पानीको प्रवाह एकदमै कम भएको बताएका हुन्। उनका अनुसार पानिकाे प्रवाह कम हुदै जाँदा सिचाइमा समस्या भएकाे हाे ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ