• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    जसपा बैठक बस्दै, महाधिवेशनको एजेन्डा तय गरिने

    217
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनका अनुसार बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुनेछ ।

    जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने भएको छ । महाधिवेशनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ ।

    ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ । सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन् । सो नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ ।

    चाँडै नै सङ्गठित सदस्यको नाम टुगों लगाएर महाधिवेशन प्रतिनिधि चयनतिर लाग्ने प्रवक्ता सुमनले बताए ।

    प्रतिक्रिया