• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अग्नि सापकोटाविरुद्ध मुद्दा हेर्दाहेर्दैमा, अब २३ जेठमा सुनुवाइ हुने

    259
    SHARES

    काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले २३ जेठमा सुनुवाइ गर्ने भएको छ ।

    बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    अब यो मुद्दामा २३ जेठमा सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

    सशस्त्र युद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा आदेश दिएपछि मात्र जाहेरी दर्ता भएको थियो ।

    तर सापकोटाविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जी तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध लामाकी पत्नीले सर्वोच्च अदालतमा २०६९ मंसिर ७ गते दिएको रिट संवैधानिक इजलासमा विचाराधीन छ ।

    सापकोटा जोडिएको उक्त मुद्दामा मानव अधिकारकर्मी सुशील प्याकुरेलसमेतले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट पनि सर्वोच्च अदालतले एकसाथ राखेर सुनुवाइ गरेको छ ।

    त्यस्तै अग्नि सापकोटाले कनकमणि दीक्षितविरुद्ध दिएको अदालतको अवहेलना मुद्दा पनि यी मुद्दाहरुसँगै सुनुवाइ भइरहेको छ । यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

    त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि कहिले हेर्न नभ्याइने र कहिले हेर्न नमिल्ने भनी मुद्दा सरेको स¥यै भइरहेको छ ।

    प्रतिक्रिया