
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चम्पादेवी हाइकिङ जाने क्रममा अचेत भएका छन्।
शनिबार बिहान चम्पादेवीतर्फ हाइकिङमा निस्किएका राजदूत श्रीवास्तव अचानक अचेत भएपछि तत्काल उद्धारको तयारी थालिएको हो।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ। अचेत हुनुको कारणबारे भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
राजदूतको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया