• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

    175
    SHARES

    बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

    निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।

    दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

    दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ