• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेस समाचार

    चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो

    229
    SHARES

    काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ ।

    जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन ३ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ