• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मधेसवादी तीन दलद्वारा पार्टी एकताको घोषणा

    145
    SHARES

    काठमाडौँ । तीन वटा मधेशवादी दलहरूले पार्टी एकता गर्ने घोषणा गरेका छन्।

    महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको को जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने घोषणा भएको छ।

    बुधबार तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गर्दै जारी गरेको विज्ञप्तिमा पार्टी एकीकरण गर्ने जानकारी दिइएको छ।

    संयुक्त विज्ञप्तिमा तीन दलले देशमा हाल विकासित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशका लागि आम निर्वाचन नै एकमात्र विकल्प भएको ठहर गरेको उल्लेख छ।

    ‘वास्तविक राष्ट्रिय एकताको मजबुती र संवर्द्धनको एकमात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध सीमान्तीकरणमा पारिएकाहरूको बृहत राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पाटी र तराई–मधेस लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उनीहरूले भनेका छन्।

    विज्ञप्तिमा अगाडि भनिएको छ ‘मधेश, थरूहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सीमान्तीकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तित्वहरूसँग यस अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछौं।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ