• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान

    1.1K
    SHARES

    काठमाडौँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो।

    पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले उक्त सम्मान अर्पण गरेका हुन्।

    समारोहमा पूर्वप्रधानमन्त्रीहरू एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि उपस्थित थिए।

    एमालेले अहिले गोदावरी हीरक महोत्सव मनााइरहेको छ। क्रियाशील राजनीतिक दलका अध्यक्षहरू निम्त्याएको उक्त कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ