• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदूरपश्चिमका मुख्यमन्त्रीको बर्खास्ती माग गरिएको रिट न्यायाधीश ढकालको इजलासमा

    184
    SHARES

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्नेगरी पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

    प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

    नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दावी पेश गरे । तर, ४ वैशाखमा पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका हुन् । त्यसपछि दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ