• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    इलामको चुनावमा विप्लवको इन्ट्री, एमालेका सुहाङलाई दिल खोलेर गरे समर्थन

    1.5K
    SHARES

    काठमाडौं । करिव ७ बर्ष संसदीय व्यवस्थाका बिरुद्ध बम पट्काएका विप्लवले इलामको संसदीय चुनाव मार्फत उही व्यवस्थामा इन्ट्री गरेका छन्। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सघाउन विप्लवका जिल्ला इन्चार्ज मौसमले दिल खोलेर समर्थन गरेको कुरा एमाले, माओवादी र नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बिज्ञप्तिमा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लववीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएकाले एमालेका उम्मेदवार सुहाङ्लाई अत्याधिक बहुमतले बिजयी गराउन इलाम २ का जनतालाई ३ पार्टीद्वारा सामुहिक अनुरोध गरिएको कुरा बिज्ञप्तिमा उल्लेख छ ।

    एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार जारी गरेको विज्ञप्तिमा एमाले उम्मेदवार सुहाङ सबैको साझा उम्मेदवार भएको उल्लेख गरिएको छ । केन्द्रमा ३ पार्टीका शिर्ष नेताले चुनावी तालमेल गर्ने सहमति गरेपछि सुहाङका लागि मत मागिएको जनाइएको छ ।

    बिज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन् । गत स्थानीय चुनावमा समेत सहभागी भएको विप्लव नेकपाले इलामको चुनावमा इन्ट्री गरेसँगै आगामी ८४ को चुनावमा समेत सहभागिता हुने प्रष्ट भएको छ।

    माओवादी केन्द्रसँग पार्टी एकता गरेर वा आफ्नै पार्टी चलाएरै अन्य पार्टीसँग चुनावी तालमेल गरेर विप्लव संसदीय व्यवस्थाको चुनावमा औपचारिक प्रवेश गर्ने संकेत इलामको चुनावबाट देखिएको हो। प्रचण्ड नेतृत्वको माओवादीसँगै रहदा संसदीय चुनाव र सरकारमा सहभागी हुने अवसरबाट बन्चित भएकाले विप्लवले २०७१ सालदेखि आफ्नै नेतृत्वमा पार्टी बनाएर शक्ति र सम्पत्ती आर्जन गरी संसदीय व्यवस्थाकै नेतृत्व गर्ने महत्वाकांक्षा पालेका छन् ।

    विप्लवले आफ्नै नेतृत्वमा पार्टी बनाएपछि उनले क्रान्ति गर्ने भ्रम पैदा हुँदा उनका पछि लागेका करिव १२/१५ जनाले ज्यान समेत गुमाएका थिए भने ३ हजार भन्दा बढी नेता कार्यकर्ताले लामो समय जेल जीवन समेत बिताउन परेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ