• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    ईश्वरपछि ओलीले गराए अध्यक्षमा उम्मेदवार दर्ता

    247
    SHARES

    काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    यस्तै एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    विष्टले आफूले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता गराइसकेको बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ