• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खैरो हिरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

    603
    SHARES

    धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।

    उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ