काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

आजको ट्रेन्डिङ
- १बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
- २तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते
- ३आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल र प्रस्ताव, यस्तो छ कार्यसूची
- ४देशभर मौसम बदली, कतै हावाहुरी त कतै चट्याङसहित वर्षाको सम्भावना
- ५रवि लामिछानेलाई ‘झुटा मुद्दा’ लगाएको भन्दै रास्वपाले प्रतिशोध विरूद्ध वृहत अभियान चलाउने
विचार-ब्लगसबै
प्रतिक्रिया