• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी

    212
    SHARES

    नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो ।

    करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए ।

    अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरुमा धुवा भरिएकाले आगलागी नियन्त्ररण गर्न धेरै समय लागेको प्रमुख खड्काले बताए ।

    आगलागीबाट अल्ट्रासाउण्ड, एक्स रे, सिटी स्क्यान लगायतका उपकरणमा क्षति पुगेको छ । के कति मात्रामा क्षति भएको छ भन्ने यकिन भने प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने अस्पतालका कार्यकारी निर्देशक प्रकाशप्रसाद साहले बताए ।

    विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उपमहानगरको बारुण यन्त्र शाखाका प्रमुख खड्काले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ