• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    222
    SHARES

    काठमाडौँ । दोस्रो टी-२० खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन बनायो।

    नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे। त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए।

    यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए।

    अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे। बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए। बेन ह्वाइटले २ विकेट हात पारे।

    नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।

    आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम यसैसाता भारत जानेछ। कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

    प्रतिक्रिया